काठमाडौँ: काठमाडौँ महानगरले सार्वजनिक ठाउँका सम्पूर्ण विज्ञापन सात दिन भित्र हटाउन निर्देशन दिएको छ ।
आज महानगरले एक सूचना जारी गर्दै घर, कम्पाउण्ड, छत, बिजुलीका पोल, सडकमा राखिएका डिभाइडर लगायतमा राखिएका पर्चा पम्पलेट, भित्तेलेखनजस्ता अनधिकृत विज्ञापन बोर्ड आफै हटाउन निर्देशन दिएको हो ।
आफैले नहटाए महानगरले हटाउन लाग्ने खर्च समेत असुली गर्ने जानकारी दिएको छ ।
प्रकाशित | १६ मंसिर २०७६, सोमबार १५:३०