११ वर्षदेखि एउटै नारा, दुई वर्षभित्र साक्षर नेपाल

काठमाडौं : सरकारले दुई वर्षभित्र निरक्ष्ँरता उन्मूलन गर्ने घोषणा पटक पटक गरे पनि दशकसम्म देश पूर्ण साक्षर बन्न सकेको छैन। दुई वर्षभित्र देशमा निरक्षरता उन्मूलन गर्ने घोषणा पहिलो पटक आर्थिक वर्ष २०६५६६ मा गरिएको थियो। तर, पहिलो घोषणा असफल भएसँगै थप तीन पटक दुई वर्षकै समयसीमा तोकेर निरक्षरता उन्मूलन गर्ने घोषणा गरे पनि कार्यान्वयन भएन।

आगामी आर्थिक वर्ष ०७६७७ को नीति तथा कार्यक्रममा फेरि दुई वर्षकै सीमा तोकेर देशलाई साक्षर बनाउने कार्यक्रम समेटिएको छ। सरकारको यो पाँचौं घोषणा रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ। शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांकअनुसार अहिलेसम्म् देशमा ६० वर्ष उमेरभित्रका साक्षर नागरकको संख्या ८२ प्रतिशत मात्र छ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार ०७:५५