माओवादीको केन्द्रीय समिति १५ पदाधिकारीसहित २९९ सदस्यीय हुने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीको संख्या थपेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीको संख्या थप्दै १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो ।

बैठकले पारित गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ । स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।

महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । मनोनीतसहित प्रतिनिधि एक हजार ६३१ जना रहने व्यवस्था गरिएको छ । माओवादीको आजदेखि शूरु भएको छ । महाधिवेशन ३ दिनसम्म चल्नेछ ।


प्रकाशित | ११ पुष २०७८, आईतवार १५:२९