अनुष्कालाई भोट गरि मिस वल्डमा जिताउन एनआरएनए जापानकी महिला उपाध्यक्ष श्रेष्ठको अपिल

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको महिला उपाध्यक्ष सविता श्रेष्ठले मिस वल्ड प्रतियोगितामा सहभागि बन्न लागिरहनु भएका मिस नेपाल अनुष्कालाई भोट गर्न जापानबासी नेपाली समुदायमा आग्रह गर्नुभएको छ । महिला उपाध्यक्ष श्रेष्ठले नेपाली चेली अनुष्कालाई धेरै भन्दा धेरै भोट गर्न र अरुलाई समेत भोट गर्न लगाउन आग्रह गर्नुभएको हो । एक नेपालीको नाताले अर्को नेपालीले सहयोग गर्न आवश्यक भएको भन्दै मिस वल्डमा जिताएर नेपाललाई विश्वमा चिनाउन आवश्यक भएको बताउनुभयो ।

मिस वल्र्ड २०१९ प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले मल्टीमिडिया अवार्ड जित्नको लागि लाईकको आवश्यक पर्छ । जसको लागि MOBSTAR एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । कुनै समय एप्समा कुनै प्राविधिक कठिनाई आयो भनेर झर्को नमानीकन रिफ्रेस वा रिइस्टाट गरिदिनु हुन समेत आग्रह गरिएको छ । हरेक फोटोको एक लाईक एक भोटको रुपमा गणना हुनेछ ।

नेपालको तर्फबाट मिस वल्डमा प्रतिस्पर्धा गर्न लागिरहनु भएको अनुष्कालाई अन्तराष्टिय मिडियाले टप १० भित्र राखेको छ । त्यसो त टप २० भित्र पर्न सफल भएमा मात्र नेपालले मिस वल्डको मल्टी मिडिया अवार्ड जित्न सफल हुनेछ । आउँदो डिसेम्बर १४ तारिखमा बेलायतमा हुन लागेको मिस वल्ड प्रतिस्पर्धामा विश्वभरिबाट करिव १ सय १० भन्दा बढी देशको सहभागिता रहनेछ ।


प्रकाशित | ३ मंसिर २०७६, मंगलवार १५:२६