साउदी अरवमा कार्यरत नेपाली समुदायमा एनआरएनएको अपिल

साउदी अरव : गैर आवासीय नेपाली संघ (एनआरएनए ) साउदी अरवले यहाँ कार्यरत नेपाली समुदायमा गलत प्रचार र भ्रमको पछि नलाग्न सबैमा सचेत गराएको छ । एनआरएनए साउदीले एक बिज्ञप्ति जारी गर्दै सामाजीक सञ्जालमा केहि मान्छेहरुले एनआरएनएले गरेको राम्रा कार्यहरु देख्न नसकेर गलत प्रचार र भ्रम फैलाएको भन्दै सबैमा सचेत रहन आग्रह गरेको हो । बिज्ञप्ति जस्ताको तस्तै:

एनआरएनए साउदी अरवको अपिल

विश्व माहमारिको रूपमा समस्त मानव जगतलाइ आतंकित बनाइरहेको कोरोना भाइरस COVID-19 ले सन्सार भर छरिएर रहनुभएका नेपाली श्रमिकहरुलाइ समेत गम्भीर असर पारेको परिपेक्षमा साउदि अरबमा कार्यरत कतिपय नेपाली श्रमिक हरुलाइ समेत, शारिरिक, मानसिक तथा भौतिक असर परेको जस्तै ( कम्पनी बन्द भएर खान समेत नपाएको, तलब नपाएको, घर जान नपाएको) जस्ता गुनासोलाइ ध्यानमा राख्दै गैर आवासिय नेपाली संघ साउदि अरबले कोरोना राहत उध्दार कार्यदल गठन गरि साउदि अरबका विभिन्न शहरहरुमा रहेका पिडितहरुको पहिचान गरि आवश्यक कानुनी उपचारको निम्ति कुटनितिक पहल साथै राहर स्वरूप खाद्यान्न उपलब्ध गराएको सर्वबिदितै छ। र कोरोना बाट मुक्ती नपाउन्जेल NRN साउदि अरबले पिडामा परेका श्रमिक हरुको न्याय, उध्दारको निम्ति सक्दो पहल जारी राख्ने कुरा सबैमा जानकारी गराउंछौं।

परन्तु: साउदी अरबलाई आफ्नो कर्मथलो बनाइ बसेका सामाजिक जिम्मेवार ब्यक्ति द्वारा गैर आवासिय नेपाली संघ साउदि अरबको कार्यशैलीलाई पचाउन नसकेर विभिन्न लान्छाना सहितको अनर्गल अभिव्यक्ती सामाजिक सन्जाल फेसबुकमा लेख्दै गरेको पाइएकोले गैर आवासिय नेपाली संघ साउदि अरबको ध्यानाकर्षण भएकोछ । आफु पनि नगर्ने र अरुले गरेको देखि नसक्ने सामाजिक प्रवृतिलाइ केही तेस्ता खाले कुतत्व हरुले सामाजिक सन्जाल दुषित पार्नुका साथै सर्वसाधारणमा भ्रम फैलाएर आफु सन्तुष्टता लिने गर्दछन परन्तु यस्ता अनर्गल, भ्रामक, अपुष्ट, समाचार तथा प्रचारको पछाडी नलाग्नु हुन हामी हार्दिक अनुरोध गर्दछौं। 

पुनश्च: कोरोना बाट सचेत रहंदै साउदी सरकारले निर्देश गरेको कानुनको पूर्ण पालना गरौं । आफुलाइ सुरक्षित राखौ र अरुलाइ सुरक्षित रहन सचेत गराउँ।। धन्यवाद ।

गैर आवासिय नेपाली संघ
साउदी अरब


प्रकाशित | ९ बैशाख २०७७, मंगलवार २३:०७