स्वीडेनका नेपाली सुरक्षीत, कुनै समस्या परे सम्पर्क गर्न एनआरएनए स्वीडेनको अपिल

स्वीडेन : कोरोना भाईरसले विश्वब्यापी महामारीको रुप लिइरहेको छ । अहिले यस महामारीले संसारलाई नै आक्रान्त पारिरहेको बखत स्वीडेनमा रहनु हुने गैर आवासीय नेपाली सुरक्षीत रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्वीडेनले जनाएको छ ।

एनआरएनए स्वीडेनले एक बिज्ञप्ति जारी गर्दै स्वीडेनमा रहनु भएको नेपाली समुदाय सुरक्षीत रहनु भएको जनाएको हो ।

एनआरएनए स्वीडनका अध्यक्ष दिनेश श्रेष्ठले स्वीडेनमा बसोबास गर्नुहुने नेपाली समुदाय कसैलाई पनि कोरोना भाईरस संक्रमण भएको जानकारी नभएको बताउनुभएको छ ।

अध्यक्ष श्रेष्ठले स्वीडेनमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली समुदायमा कुनै समस्या परे सम्पर्क गर्न आग्रह गर्नुहुँदै एनआरएनए स्वीडेन भविष्यमा निम्त्याउन सक्ने संकटसँग जुध्न एकजुट भई नेपाली समुदायको हितमा काम गर्न र कुनै पनि नेपालीलाई पर्न सक्ने समस्याको समाधान गर्न साथमा रहेको बताउनुभयो ।

साथै अध्यक्ष श्रेष्ठले सबै नेपाली संघसंस्थालाई आफनो ठाउँबाट गर्न सक्ने सहयोग गर्न आग्रह गर्नुहुँदै यो समयमा कोही कसैलाई कुनै किसिमको समस्या परेमा समाधानको लागि हेल्प डेक्स समिति बनाइएको समेत जानकारी गराउनुभएको छ । उहाँले कुनै समस्या परे हेल्प डेक्सका साथीहरु तथा कार्यसमितिका कुनै पनि साथीलाई जानकारी गराईदिन आग्रह समेत गर्नुभएको छ ।

 

No photo description available.


प्रकाशित | ९ चैत्र २०७६, आईतवार १४:३५