रुपन्देहीमा गोली चल्यो: तीन प्रहरीसहित चार घाइते

रुपन्देही : रुपन्देहीको सिद्धार्थनगरस्थित शंकरपुर नाकामा गोली चलेको छ । गोली चल्दा तीन प्रहरीसहित चार जना घाइते भएका छन् । नाकामा हतियारसहित नेपाल प्रवेश गरेको आशंकामा प्रहरीले पक्राउ गर्न खोज्दा गोली प्रहार भएपछि जवाफी कारबाहीमा एक जना भारतीय नागरिक घाइते भएका हुन ।

रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीयहरुले नै लिएर गएका छन । पक्राउ पर्नेमा भारत महाराजगञ्ज फरेण्डाका झिनक धोबी रहेका छन् । उनीबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरिएको छ ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार २१:५३