शेयर कारोबार हुने वर्षको अन्तिम दिन शेयर बजारमा गिरावट: साताभरिको कारोबार भने मिश्रीत

काठमाडौं : यो वर्षको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ । साताभरिमा भने सूचक १९ अङ्कले बढेर बन्द भएको छ । आज सेयर बजारमा ०.५९ अंकको गिरावट आएको हो । नेप्से परिसूचक ११८४.०२ बिन्दुमा रोकिएको छ । त्यस्तै, १७० कम्पनीको १२ लाख ५१ हजार २४१ कित्ता सेयर ३९ करोड ६४ लाख २१ हजार ५०१ रुपैयाँमा किनबेच भएको छ ।

बिहीबार दश उपसमूहको कारोबारमा बैंकिङ ०.५५, विकास बैंक १.२९,जलविद्युत ०.३८,निर्जीबन बीमा कम्पनी ५.७२, माइक्रोफाइनान्स ०.०३ र जीवन बीमा ९.१३ अंकले बढेको । बाँकी सबैको कारोबारमा भने गिरावट देखिएको छ ।

कारोबार रकमा आधारमा कुमारी बैंक अग्रस्थानमा देखिएको छ । कुमारीको ३ करोड ६३ लाख ९ हजार २१७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः एनएमबी बैंक र एनआईसी एसिया बैंक रहेको छन् ।

साताभरिको कारोबार भने मिश्रीत देखिएको छ। पाँच कारोबार दिनमा शेयर बजार तीन दिन बढ्यो भने दुई दिन घटेको छ। ११६५.२० अंकबाट सुरु भएको साप्ताहिक कारोबार अन्तिम दिन ११८४.०२ अंकमा पुगेर बन्द भएको छ। साताभरिमा सूचक १९ अङ्कले बढेर बन्द भएको हो।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १८:१९