कोरोना संक्रमित जापानी हास्य अभिनेता केनको निधन

एजेन्सी:  कोरोनाभाइरसको संक्रमणबाट जापानका प्रख्यात हास्य अभिनेता केन शिमुराको निधन भएको छ ।  ७० वर्षीय केनको आइतबार साँझ निधन भएको जनाइएको छ । उनी जापानकै चर्चित हास्य अभिनेताका रुपमा चिनिन्थे । १९७० को दशकमा उनले अभिनय यात्रा थालेका थिए ।

२० मार्चमा उनलाई ज्वरो तथा निमोनियाको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । कोरोनाभाइरस परीक्षणको नतिजा ‘पोजेटिभ’ आएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिदैँ आएको थियो ।


प्रकाशित | १७ चैत्र २०७६, सोमबार १३:१८