संसद् बैठक आज बस्दै

काठमाडौं – प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएकोे छ । संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

संघीय संसद सचिवालयले आज बिहीबार दिउँसो १ बजेका लागि बोलाएको बैठक सूचना टाँसेर स्थगित गरेको हो । अर्को बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा संसदमा टेबुल भएको एमसीसीको प्रस्तावमा सामान्य छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो ।


प्रकाशित | १२ फाल्गुन २०७८, बिहीबार १४:०६