उपत्यकामा १ हजार ६९८ सहित २ हजार ९४२ कोरोना संक्रमित थपिए, १२ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ३२६ निको भएका छन् । योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन्। काठमाडौं उपत्यकामा १ हजार ६९८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ। आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७३९ पुगेको छ।


प्रकाशित | २ कार्तिक २०७७, आईतवार १६:४०