हस्पिटलको शौचालयमा झुन्डिएको अवस्थामा फेला पर्यो एक नर्सको शव

जनकपुर : धनुषा जिल्लामा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीय रक्षा आलेको शव हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको हो । राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएको प्रहरीले अनुमान गरेको छ । शव मुचुल्का उठाइ  पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १०:०६