हिउँले छोपियो कालिञ्चोक ! (फोटोफिचरसहित )

कालिञ्चोक: दोलखाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । आज बिहानदेखि कालिञ्चोक, कुरी बजार,लगायत उच्च भू–भागमा हिमपात भएको हो ।

दिउँसो परेको वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरु सेताम्य देखिन थालेका छन् । यसयामको जाडो मौसम शुरु भएसँगै पहिलोपटक हिउँ परेको हो । हिमपात भएसंगै पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

होटल सुनापाटीका सञ्चालक हरि वली कालिञ्चोकमा हिउँ खेल्ने राजधानी तथा अन्य क्षेत्रबाट पर्यटन आउने गरेको बताउनुहुन्छ । यहाँ हिउँ खेल्न र हेर्न पर्यटन आउने गर्दछन्, हिमपात हुनु राम्रो हो, ब्यवसायी वली भन्नुहुन्छ । कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगी हिउँ खेल्न सकिने भएकोले आकर्षणको केन्द्र बनेको हो । कालिञ्चोक तीन हजार ८४२ मिटरको उचाइमा रहेको छ ।

     


प्रकाशित | २७ मंसिर २०७६, शुक्रबार २०:०१