च्याम्पियन्स लिगमा लिभरपुल र बार्सिलोनाको परिक्षा

एजेन्सी : युईएफए च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) विभिन्न समूहको आठ खेल हुँदैछ ।  समूह चरण अन्तर्गत बुधबार साविक विजेता लिभरपुल, बार्सिलोना,चेल्सी, इन्टर मिलन, बोरुसिया डर्टमण्ड लगाएका ठुला क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

इन्लिश क्लब लिभरपुलले घरेलु मैदानमा जेन्कको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १ : ४५ मा सुरु हुनेछ ।  एनफिल्डमा लिभरपुल सहज जित अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । समूह ‘ई दोस्रो स्थानमा रहेको लिभरपुलको ६ अंक रहेको छ । १ अंक जोडेको जेन्क पुछारमा रहेको छ ।

यस समूहमा इटालियन क्लब नापोली ७ अंक जोडेर शीर्ष स्थानमा छ । नापोलीले बुधबार नै साल्सबर्गसँग खेल्नेछ ।  यस्तै स्पेनिस क्लब बार्सिलोनाले स्लाभिया प्रहाको सामना गर्ने छ । दुई बीचको खेल नेपाली समय अनुसार राति ११: ४० मा सुरु हुनेछ ।

समूह एफ को बार्सिलोना पनि घरेलु मैदानम सहज जितको खोजीमा हुनेछ । तर, केहि खेलाडीको चोटले बार्सिलोनालाई सताएको छ । लुइस स्वारेज र आर्थर मेलोले चोट बोकेको कारण बार्सिलोना केहि समस्यामा हुनेछ । तर, स्यामुअल उमटिटी र उसमान डेम्बेले टिममा फर्किएका छन् ।

अघिल्ला ३ खेलमा ७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको स्लाभिया पुछारमा रहेको छ । स्लाभियाविरुद्ध बार्सिलोना शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा हुनेछ ।

यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमण्ड र इन्टर मिलानबीच खेल हुनेछ । खेल राति १: ४५ मा सुरु हुनेछ । दुवै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । चेल्सीले घरेलु मैदानमा आयाक्सको सामना गर्नेछ । खेल राति १ :५ बजे सुरु हुनेछ ।

समूह ‘एच’ को चेल्सी आयाक्सलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । आयाक्स पनि चेल्सीलाई हराएर शीर्ष स्थान यतावत राख्न चाहन्छ ।यस समूहमा ६ अंक जोडेको आयाक्स शीर्ष र ६ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा भ्यालेन्सिया र लिलीबीच खेल हुनेछ ।

त्यस्तै समूह ‘जी’ अन्तर्गत आरबी लिपजिग र जेनीटबीच खेल हुनेछ । यसै समूहको अर्को खेलमा लियोन र बेन्फिकाबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित | १९ कार्तिक २०७६, मंगलवार १५:०४