सरकारले देशभरिको सरकारी जग्गाको छानबिन गर्ने

काठमाडौं: सरकारले देशभरीका सरकारी जग्गाको छानबिन गर्ने भएको छ । सरकारले भूमिव्यवस्था र गृह मन्त्रालयलाई छानबिन गर्न निर्देशन दिएको हो । सार्वजनिक जग्गा व्यक्तिका नाममा नामसारी गरेको हुन सक्ने आशंकामा सरकारले सो निर्णय गरेको हो । सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानबिन गर्न, सरकारी जग्गाको अभिलेख संकलन गर्न र सरकारी जग्गाबारे कस्तो नीति बनाउने भन्नेबारे सुझाव दिन आयोग गठन गर्ने निर्णय समेत गरेर छानवीन अगाडि बढाएको हो ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १०:४८