हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार 

बाजुरा: बाजुराको बूढीनन्दा नगरपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सामाजिक विकासमन्त्री कृष्ण सुवेदीको निर्देशनमा रोकायाको निर्देशनमा सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको सुवेदीका स्वकीय–सचिव लोकेन्द्र धामीले जानकारी दिनुभयो । बूढीनन्दा नगरपालिका–१ राउतबाडाकी २२ वर्षीया रमिला रोकायाको सालनाल अड्किएपछि आज उपचारका लागि हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको हो ।

सुत्केरी हुन नसकेको खबर पाएपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीको पहलमा हेलिकप्टरमार्फत कोहोलपुर मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी गराउनुभयो । बाइस वर्षीया रमिलाको बाजुरामा उपचार गर्न सम्भव नभएपछि नेपालगञ्ज पठाइएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताउनुभयो ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १६:३३