‘निर्वाचन आयोगको निर्णयले दोलखामा बुथ कब्जा गरेर जित्ने दल र नेताहरू नैतिक रूपमा परास्त’

दोलखा : नेकपा एमाले दोलखाले बुथ कब्जा भएका ठाउँमा पुन निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयको स्वागत गरेको छ । दोलखाको बुथकब्जा भएको स्थानहरूमध्ये ४ स्थानमा मात्र पुन निर्वाचन गर्ने निर्णय आयोगको आशिंक सुधारको कदम स्वागतयोग्य भएको एमालेले जनाएको हो ।

२० उक्त स्थानका सबै मतदातालाई मताधिकारको बाताबरण बनाउन सबै पक्षको दायित्व रहेको र आयोगको निर्णयले दोलखामा तीन दशकदेखि बुथ कब्जा गरेर जित्ने दल र नेताहरू नैतिक रूपमा परास्त भएको एमालेले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

यस्तो छ निर्वाचन आयोगको निर्णयबारे नेकपा एमाले दोलखाको धारणा:

१) दोलखाको बुथकब्जा भएको स्थानहरूमध्ये ४ स्थानमा मात्र पुन: निर्वाचन गर्ने निर्णय आयोगको आशिंक सुधारको कदम भएकाले स्वागतयोग्य ।

२) उक्त स्थानका सबै मतदातालाई मताधिकारको बाताबरण वनाउन सबै पक्षको दायित्व रहेको ।

३) आयोगको निर्णयले दोलखामा तीन दशकदेखि बुथ कब्जा गरेर जित्ने दल र नेताहरू नैतिक रूपमा परास्त ।

४) प्रजातन्त्र प्राप्तपछि (२०५१ साल) को निर्वाचनदेखि कहिले पनि मतदान गर्न नपाएका जनताहरूमा न्यायको अनुभूति ।

५) गैर राजनीतिक कृयाकलाप गुण्डाको प्रयोग गरेर मारपिटबाट चुनाव जित्ने कुसंस्कारको अन्त्य ।

६) आयोगको निर्णयमा राष्ट्रसेवक भएर बुथकब्जाको सेटिङ गर्ने कर्मचारीहरूको जाँचबुझ गर्न विवरण माग गरिएको छ । यो निर्णयले बुथमा मतियारी गर्नेलाई कार्वाही गरेर आगामी दिनमा हालको जस्तो निर्वाचनमा गैरकानुनी हर्कत कर्मचारीबाट नहुने विश्वास जगाएको ।

७) आयोगको निर्णय अनुसारको स्थानमा तत्काल निर्वाचनको तयारीमा जुट्नुपर्ने अपरिहार्यता ।

८) बुथकब्जा प्रमाणित भएको अन्य स्थान भुसाफेदा, कालिञ्चोक, जुके, गैरीमुदी पिपलबोट, कालापानी, झुले, मालु, जुँगु जस्ता विकृत निर्वाचन भएको स्थानहरूमा आयोगले थप पहलकदमी लिनुपर्ने आवश्यक ।

९) नेकपा एमालेको १३ बुदे रोडम्याप अनुसार निर्वाचन प्रकृया सुधार सम्बन्धि अभियान जारी रहने ।

१०) बुथकब्जा भएको सबै स्थानको निर्वाचन रद्द नभए पनि दोलखाको प्रतिनिधिसभा, प्रदेशसभा-१ र प्रदेशसभा-२ को निर्वाचनमा नेकपा एमालेका लागि जितको सुनिश्चितता भएको ठहर ।

११) रद्द भएको स्थानमा पुन निर्वाचन गराउन आयोगको आचारसंहिता पूर्णतः पालना गर्दै सहयोग गर्न सबै पक्ष सकृय हुनुपर्ने ।

१२) मतदान केन्द्रमा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उदेश्यले बाधा अबरोध पुराउने दलका प्रतिनिधि, उम्मेदवार र मतदान प्रतिनिधिलाई तत्काल पक्राउ गरी निर्वाचन कसुर तथा सजाय ऐन २०७३ बमोजिम कार्वाही गर्ने निर्वाचन आयोगको निर्देशनलाई पालना गराउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने ।

राजेन्द्र मानन्धर
कार्यवाहक अध्यक्ष
नेकपा एमाले
दोलखा


प्रकाशित | ११ मंसिर २०७९, आईतवार २०:३३