वीर अस्पताल प्रहरी क्याम्प : सेवा अवरुद्ध हुँदा बिरामी मर्कामा

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले देशभरका सरकारी अस्पतालमा सेवा सञ्चालन भए–नभएको तथ्यांक मागेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले सेवा अवरुद्ध पारेको ६ दिन भइसकेको छ । तर, अस्पताल विकास समितिका चिकित्सकले बुधबार भने दैनिक एकदेखि दुई घन्टा सेवा सञ्चालन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका तीन सय सरकारी स्वास्थ्य संस्थामा आंशिक सेवा सञ्चालन गरिएको छ ।

डाक्टर आन्दोलनको प्रभावका आधारमा सरकारी धारणा बनाउने उद्देश्यले प्रधानमन्त्रीले देशभरका अस्पतालमा सेवाको अवस्था बुझ्न खोजेको हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए ।

सरकारी चिकित्सक संघ (गोदान) को अगुवाइमा अस्पतालको ओपिडी र अप्रेसन सेवा ठप्प पारिएको छ । सेवा अवरुद्ध हुँदा बिरामी मर्कामा परेका छन् । सरकारी अस्पतालमा दैनिक ४० हजारभन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिँदै आएका थिए । यो समाचार अर्जुन अधिकारीले नयाँ पत्रिकामा लेख्नुभएको छ ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार ०९:१२