हावाहुरीबाट घाइते विरामीको उपचारमा डा. गोविन्द केसी

काठमाडौं : त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी हावाहुरी प्रभावीत क्षेमा पुग्नुभएको छ । डा.केसी औषधिसहित सोमबार नै बारा पुग्नु भएको थियो । त्यहाँ पुगेर हावाहुरी प्रभावित ठाउँका घाइते बिरामीहरूको उपचार गरिरहनु भएको हो ।

डा. केसीले हावाहुरीले अति प्रभावित क्षेत्र बाराको फेटामा स्वास्थ्य शिविर सञ्चालन गरिरहनु भएको बताइएको छ । आइतबार साँझ आएको हावाहुरीका कारण बारामा मात्रै ६ सय ६३ जना घाइते भएका छन् भने घटनामा २७ जनाको मृत्यु भएको छ।


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार २०:४८