पानीमा डुबेर २ बालिकाको मृत्यु

जनकपुरधाम : इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर दुई बालिकाको ज्यान गएको छ । सर्लाहीको हरिवन नगरपालिका ४ का जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको ज्यान गएको हो । स्थानीय गोल्ड इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर दुवै बालिकाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

मंगलबार दिउँसोदेखि बेपत्ता भएका दुबै बालिकाको अबेर राति स्थानीयले पानीमा डुबेको अवस्थामा शव फेला पारेको थियो। इँटा उद्योगमा काम गर्ने मजदुरले पानीमा तैरिरहेको अवस्थामा बालिकाहरूको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुवै मृतकको शव परीक्षणका लागि राति मलंगवा नै अस्पताल पठाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी गराउनुभयो ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार २१:४३