‘प्रेमगीत ३’ मा क्रिस्टिना ‘गीत’ बन्ने

काठमाडौँ : १५ असार । फिल्म ‘प्रेमगीत ३’ मा ‘गीत’ को भूमिकाका क्रिस्टिना गुरुङ खड्का अनुबन्धित भएकी छन ।

आइतबार निर्माण टिमले नायीका क्रिस्टिनालाई अनुबन्धित गरेको हो । उनलाई अभिनय क्षमता, लुक्स, उचाई र सुन्दरताको हिसाबले ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना परफेक्ट भएकाले छनोट गरिएको निर्माता सन्तोष सेनले बताएका छन ।

प्लस टुसम्मको अध्ययन नेपालमा नै सकेर अमेरिका गएकी उनी बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक गर्दैछिन् । परिवारसँग अमेरिकामा बस्दै आएकी उनले केही म्यूजिक भिडियोमा अभिनय समेत गरिसकेकी छन् ।

 


प्रकाशित | १६ असार २०७६, सोमबार ०९:२७