एनआरएनए महिला उपाध्यक्षमा सपिला राजभण्डारीको पुन: उम्मेदवारी

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) महिला उपाध्यक्षमा सपिला राजभण्डारीले पुन: उम्मेदवारी दिन लाग्नु भएको छ । भण्डारीले आफनो पहिलो कार्यकाल निकै सफल  र आफनो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएपछि सबैको दबाब र मागअनुसार महिला उपाध्यक्षमा पुन उम्मेदवारी दिन लाग्नु भएको हो ।

यसअघि कुनै पनि पदमा उम्मेदवारी घोषणा नगर्नु भएको भण्डारीले एनआरएनएको मेगा प्रोजेक्टको रुपमा रहेको लाप्राक नमूना बस्ती निर्माण सम्पन्न गरेसँगै आफनो उम्मेदवारी दिने निस्कर्षमा पुग्नुभएको हो ।

लाप्राक नमूना बस्ती निर्माण संयोजक रहनु भएको भण्डारीले आजै राष्टिय पुन: निर्माण प्राधिकरणसँग निर्माण हस्तान्तरण गर्ने सहमती भएसँगै एक प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारीको विषयमा निर्णयमा पुग्नु भएको हो । लाप्राक नमूना बस्ती भोली नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ ।

एनआरएएनको नवौ विश्व सम्मेलन आजदेखि काठमाडौमा शूरु भएको छ । यसको मनोनयनको अन्तिम समय भोली दिउँसो सम्म रहेको छ ।


प्रकाशित | २८ आश्विन २०७६, मंगलवार २०:११