कालिञ्चोक वडा नं. २ मा माओवादीका पाण्डे विजयी

चरिकोट । कालिन्चोक गाउँपालिकाको वडा नं. २ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विक्रम पाण्डे विजयी हुनु भएको छ । भर्खरै सम्पन्न भएको मतपरिणाम अनुसार पाण्डे वडाध्यक्षमा विजयी हुनु भएको हो ।

पाण्डेले ६२९ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । आधिकारिक रुपमा अन्तिम मतपरिणम भने सार्वजनीक हुन बाँकि छ ।


प्रकाशित | १ जेष्ठ २०७९, आईतवार १८:०७