अस्ट्रेलिया र यूएईसँग हवाई सेवा सम्झौता

काठमाडौं: नेपाल र अस्ट्रेलियासँग एयर सर्भिस एग्रिमेन्ट (हवाई सम्झौता) सोमबार हुँदैछ । क्यानडाको मोन्ट्रियलमा जारि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ ) को ४० औं सम्मेलनमा सम्झौता पत्रमा हस्ताक्षर गदैं छन् । प्रति हप्ता कति उडान हुने जस्ता कुरामा भने दुई देश बीचको समझदारीमा तय हुदै छ । हवाई सम्झौताको प्रकृया अगाडि बढेको छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।

नेपाल र अष्ट्रिलिया बीच सिधा हवाई सम्झौता नहुदाँ नेपाल आउने अष्ट्रिलियन र अष्ट्रिलिया जाने नेपालीले अन्य देशमा ट्रान्जिटको माध्यबाट जानु पर्न बाध्यता रहेको छ । सीधा उडान नभएका कारण चीन, कोरिया, थाइल्यान्ड लगायतका मुलुक हुँदै नेपालीहरू अस्ट्रेलिया जाने आउने गरेका छन् । अस्ट्रेलिया वार्षिक रुपमा ३० हजारको उच्च शिक्षा र भ्रमणको लागि जाने गरेका छन् । नेपाली विद्यार्थीको पहिलो रोजाइमा यो मुलुक पर्ने गरेको छ ।अष्ट्रियलियाबाट सन् २०१८मा ३९ हजार अष्ट्रिलियनले नेपाल भ्रमण गरेको तथ्याङक रहेको छ । यता सन् २०१९को हाल सम्म २१ हजार अष्ट्रिलियनले नेपाल भ्रमण गरेका छन् ।

हाल सम्म नेपालले हालसम्म ३९ मुलुकसँग हवाई सम्झौता भएको छ,भने पछिल्लो यस्तो सम्झौता गरिसकेको छ । कम्बोडियासँग यस अघि नेपालले पछिल्लो पल्ट हवाई सम्झौता गरेको थियो ।

यूनाईटेड अबर इमिरेटस्सँग अन्तिम हस्ताक्षर

शनिवारनै क्यानडाको मोन्ट्रियलमा नेपाल र यूनाईटेड अबर इमिरेटस् बीच पनि एयर सर्भिस एग्रिमेन्ट लाई मूर्त रुप दिइउको छ । विगतमा भएको प्रारम्भिक सम्झौता लाई अन्तिम दुई देश बीच अन्तिम हस्ताक्षर गरिएको हो । सन् १९९९मा पारम्भिक भएको थियो भने र त्यस पछ २००७ र २०१३मा समेत सम्झौता गरिएको थियो ।

यो तीनै चरणमा भको प्रारम्भिक सम्झौता लाई लिएर अन्तिम हस्ताक्षय गरिएको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उप–सचिव प्रमोद नेपालले बताउनभुयो ।

विगतमा भएको अस्थाई हस्ताक्षयर लाई अव भने स्थाई रुप दिईएको वताईएको छ । नेपालका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र यूनाईटेड अबर इमिरेटस् लागि समकालीन मन्त्रीले हस्ताक्षर  गर्नुभएको छ ।


प्रकाशित | १२ आश्विन २०७६, आईतवार ०९:२६