मेस्सी घाइते, अमेरिका भ्रमण गुमाउने

एजेन्सी : बार्सिलोनाका कप्तान लियोनल मेस्सीले खुट्टाको चोट बोकेका छन् । छुट्टि सकेर शनिबारबाट प्रशिक्षणमा फर्किएका मेस्सीले सोमबार दाहिने खुट्टाको पिडुलाको चोट बोकेका हुन् । अभ्यासको क्रममा मेस्सीको खुट्टामा चोट लागेको थियो । पिडुलाको चोट बोकेसँगै मेस्सीले प्रि-सिजन अन्तर्गत अमेरिका भ्रमण गुमाउने भएका छन् । बार्सिलोनाले अमेरिकामा इटालियन क्लब नापोलीसँग २ खेल खेल्नेछ । मेस्सी कति समय मैदान बाहिर रहन्छ भन्नेबारे बार्सिलोनाले केहि खुलाएको छैन । मेस्सीले आइतबार राति भएको आर्सनलविरुद्धको मैत्रीपूर्ण खेल बेञ्चमा बसेर हेरेका थिए ।


प्रकाशित | २० श्रावण २०७६, सोमबार २०:२४