असारभित्रै पार्टी एकताको काम सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा तीन महीनाभित्र टुङ्ग्याउने भनिएको एकता प्रक्रिया विभिन्न कारणले ढिलाइ भए पनि असारभित्रै सम्पन्न गरिसक्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्र्दै उहाँले पार्टी एकताको कामलाई टुङ्गो लगाएर पार्टीलाई नयाँ गति दिने र जनताका बीचमा जाने गरी नीति कार्यक्रम तथा योजनासमेत तय गरिने स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “हामीले ठूलो आँट गरेर पार्टी एकता गरेका हौँ । विभिन्न कारणले गर्दा तोकिएको समयमा पूरा हुन सकेन । त्यसलाई अब हामी छिट्टै पूर्णता दिन्छाँै ।” प्रधानमन्त्री र आफ्नो बीचमा हरेक विषयमा सल्लाह हुने र छलफलका आधारमा नै सबै विषयलाई अगाडि बढाउने गरिएको भन्दै अध्यक्ष दाहालले आफूहरु एकै डुङ्गामा सवार भएकाले पनि त्यसलाई पार लगाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।


प्रकाशित | १७ असार २०७६, मंगलवार ०८:२८