एनआरएन क्यानडाद्धारा रेडक्रसलाई ब्लड डोनेशन चियर हस्तान्तरण

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) क्यानडाले नेपाल रेडक्रस सोसाइटीलाई १० वटा ब्लड डोनेशन चियर हस्तान्तरण गरेको छ । एनआरएन क्यानडाले रक्तदातालाई रक्तदान गर्न सहज हुने उद्देश्यले सो चियर वितरण गरेको जनाएको छ ।

त्यस्तै, एनआरएनद्धारा रेडक्रस केन्द्रलाई वितरण गरिएको ती चियर विभिन्न जिल्ला शाखालाई वितरण गरिएको छ । नेपाल रेडक्रसस सोसाइटी केन्द्रीय सदस्य मनोज कुमार थापाका अनुसार केहि चियर केन्द्रमा राखिएको छ भने अन्य काठमाडौ, भक्तपुर र काभ्रेलाई वितरण गरिएको छ । यो चियरमा बसेर रक्तदाताले निकै आनन्दका साथ रक्तदान गर्न सक्नेछन् ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार १४:००