नगद लाभांश ४ प्रतिशत वितरण गर्ने सिभिल बैंकको निर्णय

काठमाडौं : सिभिल बैंकले नगद लाभांश ४ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ । आव ०७४ ७५ को नाफाबाट सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले चुक्तापुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३ सय ६१ रुपैयाँको ४.०५ प्रतिशतले हुन आउने २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनी सचिव हीराकाजी बस्नेतका अनुसार यही फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै उक्त नगद लाभांश सेयरधनीलाई वितरण गरिनेछ ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार १९:१५