स्वीस प्रोजेक्ट अन्तर्गत छनौट भएका सूर्यविनायक नगरभित्रका ब्यवसायीलाई ‘ब्यवसाय विकास सहयोग प्रस्तावपत्र’ हस्तान्तरण

भक्तपुर: स्वीस प्रोजेक्ट अन्तर्गत सूर्यविनायक नगरपालिकाभित्रबाट छनौट भएका २० ब्यवसायीलाई ब्यवसाय विकास सहयोग प्रस्तावपत्र हस्तान्तरण गरिएको छ ।

नगरपालिकाको सहभाहलमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच एकीकृत स्थानीय विकासका लागि स्तरोन्ति अन्तर्गत ब्यवसाय विकास सहयोग प्रस्तावपत्र हस्तान्तरण गरिएको हो ।

सूर्यविनायक नगरपालिका, स्वीस सरकार विकास सहयोग र वाट टू वाचको समन्वयमा सयुक्त रुपमा सञ्चालीत प्रोजेक्टमा छनौट भएका ब्यवसायीहरुलाई नगर प्रमुख बासुदेव थापाले प्रोजेक्ट निर्माणका लागि ब्यवसाय विकास सहयोग प्रस्तावपत्र हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले नगरपालिका आयमूलक, ब्यवसायीमूलक र रोजगारीमूलक क्षेत्रको विकासमा लागिपरेको बताउनुभयो । नगरपालिकाले निजी क्षेत्रसँग पनि सहकार्य गरेर ब्यवसायीक प्रबद्र्धनमा जोड दिइरहेको बताउँदै स्वीस सरकारको सहयोगमा नगरपालिकाका ब्यवसायीलाई बलियो र सक्षम बनाउका लागि यो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो । कार्यक्रम सञ्चालन भएसँगै ब्यवसायीको क्षमता बृद्धि हुनुपर्नेमा जोड दिर्दै त्यसका लागि नगरपालिकाले गर्नुपर्ने कुनै सहयोगमा कञ्जुसाई नगर्ने बताउनुभयो ।

उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले नगरपालिकाले भौतीक पूर्वाधारका सँगसँगै मानवीय विकास गर्ने उद्देश्य अनुरुप यो प्रोजेक्ट शूरु गरेको बताउनुभयो ।

नगरपालिकाले नगरभित्र रहेका उद्योग ब्यवसायलाई टिकाउन र आत्मनिर्भर बनाउन आवश्यक नीति तर्जुमा गर्दै अगाडि बढिरहेको बताउँदै दिगो विकास, ब्यवस्थित शहर, स्वच्छ समृद्ध सूर्यविनायक नगरको पाँच वर्षे आवधिक योजनालाई पूरा गर्न लागिपरेको बताउनुभयो ।

उहाँले वान टू वाचको प्रोपोजलमा ६ महिना अध्ययन गरेर निश्कर्ष निकालेपछि मात्र अगाडि बढेको भन्दै यो कार्यक्रमले ब्यवसायीको क्षमता अभिबृद्धिका साथै ब्यवसाय प्रबद्र्धनमा महत्वपूर्ण सहयोग मिल्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले नगरपालिकाको मुख्य उद्देश्य नगरभित्र रोजगारी सिर्जना गर्ने, ब्यवसाय विस्तार गर्ने र ब्यवसायीको कारोबार बढाउने नै रहेको बताउँदै यो प्रोजेक्टले ब्यवसायीको स्तरोन्तिमा सहयोग पुग्ने बताउनुभयो ।

ब्यवसायीहरुको ब्यवसाय अभिबृद्धि गर्ने, आधुनिकीकरण गर्ने र स्मार्ट ब्यवसायको माध्यमबाट सूर्यविनायक नगरपालिकालाई कसरी चिनाउने भनेर नगरपालिकाले योजना राखेको बताउँदै केसीले सात महिनाको अवधिमा २० जनामध्ये कम्तिमा पाँच जना ब्यवसायी विज्ञ भएर निस्केको खण्डमा यो विषयलाई नगरपालिकाले अभियानकै रुपमा सञ्चालन गर्न सक्ने बताउनुभयो ।

प्रवक्ता रविन्द्र सापकोटाले नगर प्रमुख थापा नेतृत्वको रहेको जनप्रतिनिधिहरुको दोस्रो कार्यकालमा मानवीय विकासका लागि नीति तथा कार्यक्रम र बजेटमै समेटेर अगाडि बढिरहेको बताउनुभयो ।

पहिलो कार्यकालमा भौतीक विकासमा धेरै काम भएकाले अब मानवीय विकासमा जोड दिनुपर्छ भनेर नगरपालिकामा आफ्नै स्रोत र साधनबाट सञ्चालीत ब्यवसायीहरुलाई प्रबद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम अगाडि बढाइएको स्पष्ट पार्नुभयो । उहाँले गरिरहेको कामलाई ब्यवस्थित रुपमा गर्ने र नयाँ नयाँ प्रविधि तथा सिप सिकाउनका लागि यो कार्यक्रम निकै उपलब्धीमूलक हुने विश्वास ब्यक्त गर्नुभयो ।

वान टू वाचका प्रबन्धक निर्देशक विश्व गिरीले नगरपालिकाले स्थानीय ब्यवसायलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम शूरु गरिएको बताउनुभयो । नगरभित्र दर्ता भएर काम गरेका ७ हजार ब्यवसाय सञ्चालन भए पनि १ सय ८ जनाको मात्र आवेदन परेको र आवेदन परेकामध्येबाट २० वटा उत्कृष्ठ ब्यवसाय छनौट गरेको बताउनुभयो ।

आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले युवा तथा महिला उद्यमीको ब्रेन डे्न रोक्न विभिन्न रचनात्मक गतिविधीका साथै ब्यवसायीक गतिविधिहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

नगरपालिकाका वरिष्ठ राजस्व अधिकृत तथा सूचना अधिकारी अनीरुद्र नेपालले ब्यवसायको अभियान शूरुवात भएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले नीति तथा कार्यक्रममा पनि ब्यवसायीको संरक्षण तथा प्रबद्र्धनमा विशेष जोड दिएको बताउँदै यो कार्यक्रमबाट ब्यवसायीहरु लाभान्भित हुने बताउनुभयो ।


प्रकाशित | ३० श्रावण २०८०, मंगलवार २०:३९