गायक भरत सिटौलाले बोलाए मायालुलाई अनलाइन…

काठमाडौं: लामो समय देखी साँगितीक दुनियामा आफ्नो छुट्टै पहिचान बनाएका गायक भरत सिटौलाले आफ्नो नयाँ गित सार्वजानिक गरेका छन् । उनले आउँदैगर मायाँलु बोलको गित सार्वजानिक गरेका हुन् । ५ दर्जन बढी गितमा आफ्नो स्वर, शब्द दिइसकेका सिटौलाको पछिल्लो गितमा पनि उत्कृष्ट शब्द चयन रहेको छ ।

भर्खरै सार्वजानिक गरिएको गितमा स्वर, शब्द र संगित गायक सिटौलाकै रहेको छ। गीतको संयोजन शैलेन्द्र प्रधानले गरेका छन्। त्यस्तै भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा गायक सिटौलालाई उषा उप्रेतीले साथ दिएकी छिन् । भिडियोलाई सम्पादन सतिज श्रेष्ठले गरेका हुन् ।

सिटौलाले गित सार्वजानिक गर्दै अघिल्ला गितहरु भन्दा फरक टेस्ट दिने प्रयास गरेको बताएका छन्। उनले भने ‘यो गित अघिल्ला भन्दा फरक स्वादको छ, मैले दर्शक र स्रोताले केहि नयाँ दिने कोसिस गरेको छु आशा छ उहाँहरुले मनपराउनु हुन्छ भन्ने।’ उनले भिडियो हेरर प्रक्रिया दिन दर्शकलाई आग्रह समेत गरेका छन् । यस्तो छ आउँदै गर मायालु हेर्नुस:-


प्रकाशित | ७ आश्विन २०७६, मंगलवार १०:२१