जर्मन सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सहयोग गर्ने

काठमाडौँ : योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल कार्यान्वयनका लागि जर्मनी सरकारले प्राविधिक सहायता उपलब्ध गराउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सोमबार भएको भेटमा नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड साफेरले सामाजिक सुरक्षा योजनालाई समन्वयात्मक रुपमा कार्यान्यन गर्न आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने बताउनुभएको हो । श्रम, रोजगार र सामाजिक सुरक्षाका क्षेत्रमा अघि बढाइएका सुधारका कामबाट आफू प्रभावित भएको पनि उहाँले बताउनुभएको छ । भेटमा मन्त्री विष्टले श्रम तथा आप्रवासका क्षेत्रमा नेपाल सरकारले अघि बढाएका महत्वपूर्ण सुधारका बारेमा राजदूतलाई जानकारी गराउनुभएको थियो ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार १४:३२