एनआरएनए आइसिसी महिला संयोजकमा उम्मेदवारी दिन रजनी प्रधानलाई दबाब

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी महिला फोरम संयोजकमा रजनी प्रधानलाई पुन: उम्मेदवारी दिन दबाब परेको छ । पहिलो कार्यकाल महिला फोरममा रहेर निकै राम्रो काम गर्न सफल प्रधानलाई पुन: उम्मेदवारी दिन दबाब परिरहेको हो ।

हालसम्म कुनै पनि पदमा उम्मेदवारी घोषणा नगर्नु भएको प्रधानलाई विश्वभरिका महिलाहरुले चासो दिर्दै उम्मेदवारी दिन सुझाव दिइरहेका हुन ।

एनआरएनएको आठौं विश्व सम्मेलनबाट महिला फोरम संयोजकमा निर्वाचीत हुनुभएको प्रधानले महिला फोरम गठनदेखि महिलाहरुका सवालमा निकै राम्रा कार्य गर्न सफल हुँदै आउनुभएको छ ।

प्रधानको वर्तमान कार्यकालमा शूरु गरिएका कतीपय महत्वपूर्ण योजना तथा कार्यक्रम पूरा गर्न पनि पुन: उम्मेदवारी दिन सबैबाट सुझाव आइरहेको प्रधानले बताउनुभयो ।

‘विश्वभरीबाट सबै महिला दिदी बहीनीहरुले आफनो बारेमा चासो दिर्दै उम्मेदवारी दिन सुझाव दिइरहनु भएको छ’, प्रधानले भन्नुभयो, ‘सबैको सल्लाह र सुझाव प्राप्त भए पनि अहिलेसम्म कुनै निर्णयमा भने पुगेको छैन् ।’

एनआरएन महिला संयोजक विगतदेखि नै यूरोपमा मात्र सिमित रहेको भन्दै अन्य क्षेत्रबाट उम्मेदवारीको लागि दावेदारी प्रस्तुत भइरहेको छ । यस पटक अस्ट्रेलियाबाट अघिल्लो निर्वाचनमा महिला संयोजकको प्रतिस्पर्धी रहनु भएको भोमा लिम्बु, कोरियाबाट जुन गुरुङ, यूकेबाट संगीता मरहट्टा र क्यानडाबाट प्रमिला बस्नेतले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।


प्रकाशित | ६ आश्विन २०७६, सोमबार १५:१४