चीन, कतार र टर्कीमा साताको एक दिन उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।

वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।


प्रकाशित | १३ जेष्ठ २०७८, बिहीबार २१:४४