एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी विजयी

कोरिया: गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी हुनु भएको छ । एनआरएनए कोरियाको छैटौं अधिबेशनबाट सुवेदी अध्यक्षमा विजयी हुनुभएको हो । मतदानमा कुल  १८१२ मत खसेको थियो । त्यसमा २२ मत कसैलाई पनि मत नदिई ‘नो भोट’ थियो । जसमा सुवेदीले ७९४ मत प्राप्त गर्दैै विजयी हुनुभयो । आइसिसी सदस्यमा एनआरएनए कोरियाबाट लक्ष्मी लामा गुरुङ र ओम जुग्जाली निर्विरोध चयन भइसक्नु भएको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दिपक पुन, उपाध्यक्षमा सञ्जिव राई, सोम तामाङ र यदु लामिछाने बिजयी हुनुभएको छ । महासचिवमा बिमल सुवेदी, सचिवमा मनोज गौतम र राजकुमार स्याङ्ताङ, कोषाध्यक्षमा चन्द्र राना विजयी हुनुभएको छ । यसैगरी सह-कोषाध्यक्षमा सन्तोष खड्का निर्वाचीत हुनुभएको छ । युवा संयोजकमा अरुण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष एवं अध्यक्षका उम्मेदवार कुमार पन्त, मध्य पूर्व संयोजक आर के शर्मा, एसिया प्याशिफिकका पूर्व डिआरसी गगां राई, एसिया प्याशिफिक महिला संयोजक जुनु गुरुग, आइसिसी युवा संयोजकका उम्मेदवार स्वतन्त्र प्रताप साहलगायत सहभागी हुनुहुन्थ्यो ।

महिला संयोजक ( शुभद्रा पालुङ्वा, कार्यसमिति सखदस्यहरुमा क्रमश उमेश पोख्रेल, दिनेश चौलागाईं, ओम बहादुर कार्की, डा. सुवास चन्द्र चौधरी, अवधेश कुमार चौरसिया, बिश्वमणी दाहाल निर्वाचीत हुनुभएको छ ।


प्रकाशित | ५ आश्विन २०७६, आईतवार १६:२९