एनआरएनए इकोटोरियल गुयानामा बिष्णुहरि सेढाईको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध

मालाबो । पश्चिमी अफ्रिका स्थित समुन्द्र छेउमा रहेको सानो मुलुक इकोटोरियल गुयानामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति इकोटोरियल गुयनाको अध्यक्ष पदमा बिष्णु हरि सेढाई निर्वाचित हुनु भएको छ । तेश्रो बार्षिक साधारण सभाले बिष्णु हरि सेढाईलाई सर्बसम्मतिले अध्यक्ष निर्वाचित गरेको हो ।

निर्वाचन संयोजक तथा निवर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईका अनुसार निर्विरोध निर्वाचित कार्यसमितिमा सुमन बिके उपाध्यक्ष , लवकुमार थपलिया महासचिव , प्रतीक थपलिया कोषाध्यक्ष चयन हुनु भएको छ । त्यसैगरी मानबहादुर कार्की, किशोर साह , कृपा शर्मा र बासुदेब सेढाई कार्यसमिति सदस्यमा निर्बाचित भएका छन ।

केन्द्रीय अनुगमनकर्ता रमेश प्रसाद त्रिपाठीका अनुसार उक्त सभामा मालाबो तथा बाटा शहरमा बसोबास गरिरहेका नेपालीहरुले प्रत्यक्ष एबम जुमका माध्यमबाट सहभागिता जनाएका थिए । सभामा बार्षिक कार्य प्रगती विवरण र आर्थिक प्ररिबेदनमा समेत छलफल गरि पारित गरिएको थियो । निर्वाचन संयोजक एबम निवर्तमान अध्यक्ष कृष्णचन्द्र सेढाईले नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराई कार्यभार हस्तान्तरण गर्नु भएको थियो ।

अट्ठाइसहजार बर्गकिलोमिटर क्षेत्रफल र चौध लाख जनसंख्या रहेको इकोटोरियल गुयाना प्रती व्यत्ती आयको हिसाबले अफ्रिकाकै सम्पन्न देश हो । जसको प्रती व्यत्ती आय युएसडी २१ हजार ४४२ प्रती व्यत्ती रहेको छ । यसले कच्चा तेल , काठ, कफी र कोका निर्यात गर्छ ।


प्रकाशित | १४ श्रावण २०७८, बिहीबार १५:३१