अभिनेत्री श्वेताले प्रधानमन्त्रीलाई भेटेपछि भनिन्, ‘मेरो जाँगर थपियो’

काठमाडौँ : अभिनेत्री श्वेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेकी छन । भेटमा आफ्नो पहलमा निर्माणधिन माझी बस्तीको प्रगतिबारे जानकारी गराउदै उनले प्रधानमन्त्रीको प्रतिक्रियाबाट आफू उत्साहित भएको बताएकी छन् । भेटमा प्रधानमन्त्री ओलीले उनको कामको प्रशंसा गरेका थिए । श्वेताले तस्वीर फेसबुकमा शेयर गर्दै भनेकी छन्, ‘उहाँले प्रकट गर्नुभएको सकारात्मक विचार र दृढ इच्छाशक्ति देखेर म त दंग भएँ । प्रधानमन्त्रीज्यूबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले मभित्र भिन्नै जाँगर थपिदिएको छ ।’


प्रकाशित | १ आश्विन २०७६, बुधबार २१:५०