नेपालमा एकै दिन ४ हजार ५ सयले जिते कोरोना, २ हजार ९०९ थपिए, १८ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ। आज देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३९८ कोरोना संक्रमित थपिएका छन। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ जनालाई कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०७० पुगेको छ।


प्रकाशित | २१ कार्तिक २०७७, शुक्रबार १७:१८