‘विप्लव’का बारा जिल्ला इन्चार्ज अतिश मिश्र पक्राउ

बाराः नेत्र बिक्रम चन्द ‘विप्लव’ समुह बाराका जिल्ला इन्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन गिरी भनिने ३४ वर्षीय अतिश मिश्र रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले परवानीपुर गाँउपालिका—४ स्थित आँखा अस्पताल छेउबाट नियन्त्रणमा लिएको हो। मिश्रबारे सूचना पाएर पुगेको प्रहरी टोलीले आँखा अस्पताल नजिकबाट उनलाई नियन्त्रणमा लिएको हो।


प्रकाशित | २८ भाद्र २०७६, शनिबार १३:१०