रियल मड्रिड र इल्चेको खेल बराबरीमा टुंगियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र इल्चेबीचको खेल बराबरीमा टुंगिएको छ ।
बुधबार राति रियल मड्रिडले इल्चेसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

लुका मोड्रिचले २०औँ मिनेटमा पाहुना टोली रियललाई अग्रता दिलाउनु भएको थियो । ईल्चेका चाभास डी ला टोरीले ५२औं मिनेटमा बराबरी गोल फर्काउनु भएको थियो ।

दोस्रो स्थानको रियल दुई खेल कम खेलेको शीर्ष स्थानको एट्लेटिको भन्दा दुई अंकले पछि परेको छ । रियल ३३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । ईल्चे १६ अंक सहित १५औँ स्थानमा छ ।


प्रकाशित | १६ पुष २०७७, बिहीबार ०८:३५