मातृभूमि मैत्रीपूर्ण क्रिकेट आज हुँदै

काठमाडौं: मातृभूमि मैत्रीपूर्ण क्रिकेट कप आज हुँदैछ । धुर्मुस सुन्तली फाउण्डेशनले आयोजना गरेको यस प्रतियोगीता चैत २३ गते हुने भनिएता पनि मौसमको खराबीको कारण आज हुन लागेको हो । प्रतियोगीता हेर्नका लागि ५ हजारले टिकट काटेको दाव गरिएको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ सो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगतामा क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेलको आयोजना हुँदैछ। क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नुहुनेछ भने कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नुहुनेछ । खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई छुट्याउने समेत बताइएको छ । कलाकारहरुको तर्फबाट अभिनेता निर शाह, सुनिल थापा लगायत सलिनमान बाँनिया, पल शाह आदी कलाकारले खेल्नुहुने भएको छ ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १०:१५