एनआरएनए मकाउ अध्यक्षमा पूर्ण गुरुङ सर्वसम्मत निर्वाचीत

काठमाडौँ  : गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउमा सर्वसम्मत कार्यसमिति चयन गरिएको छ । अध्यक्षमा पूर्ण बहादुर गुरुङ सर्वसम्मत निर्वाचीत हुनुभएको छ । यसअघि अध्यक्षको दावेदारी प्रस्तुत गर्नुभएको शान्तिदेवी अधिकारीले सर्वसम्मतको लागि बाटो खुला गरेसँगै गुरुङ सर्वसम्मत निर्वाचीत हुनुभएको हो ।

एनआरएनए मकाउको छैटौँ अधिवेशनले आईसीसी सदस्यमा मंगल बहादुर राईलाई निर्वाचीत गरेको छ । साथै एनआरएनए मकाउको उपाध्यक्षमा रत्नमणि राई, राजकुमार गुरुङ, विकेन जोशी, महासचिवमा शिव थापा तथा सचिवमा राजेश गुरुङ, कोषाध्यक्षमा प्रेम बहादुर विक निर्वाचित हुनुभएको छ ।

त्यस्तैगरी युवा संयोजकमा निशान घर्ती क्षेत्री, महिला संयोजकमा शर्मिला राई तथा सदस्यहरुमा कल बहादुर तामाङ, सन्तोष गुरुङ, सुरेन्द्र तामाङ, धर्म वीर बुढा, गम्वीर महत, दिपक तामाङ, रोजन लामा, सुरेश सुनार निर्वाचीत हुनुभएको छ ।

एआरएन मकाउको अधिवशेनको उद्घाटन एनआरउनए आइसिसी महासचिव डा. बद्री केसीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा एनआरएनए अभियन्ता प्रकाश पुन, त्रिलोक,गुरुङ, एनआएनए हङकङ अध्यक्ष टिका गुरुङलगायतको सहभागिता थियो ।


प्रकाशित | २३ भाद्र २०७६, सोमबार २०:५४