एमसीसीबारे अमेरिकाले प्रष्ट पार्न खोजे पनि केही कुरामा अस्पष्टता रहेको छ :अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी अनुमोदन हुन नसक्ने बताउनुभएको छ ।

कैलालीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमसीसीबारे अमेरिकाले प्रष्ट पार्न खोजे पनि केही कुरामा अस्पष्टता रहेको बताउनुभयो ।

एमसीसी संशोधन नभएसम्म अनुमोदन गर्न नसकिने पार्टी निर्णयमा अडिग रहेको बताउदै उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले यथास्थितिमा नै यो सम्झौतालाई हामी अनुमोदन गर्न सक्दैनौं भनेर भनिसकेको छ । यस अर्थमा यथास्थितिमा परिवर्तन गर्नका लागि के–के गर्न सकिएला भन्ने बारेमा पनि हामी छलफल चलाइरहेका छौं ।’


प्रकाशित | १३ फाल्गुन २०७८, शुक्रबार १४:३४