५,७०० भन्दा बढी रुसी सेना मारिएको युक्रेनले दाबी

तस्विर : बीबीसी

कीभ – युक्रेनी सैन्य अधिकारीहरूले सुरुको पाँच दिनसम्म लडाइमा ५ हजार ७१० जना रुसी सेना मारिएको दाबी गरेका छन्।

फेसबुकमा पोस्ट गरिएको एक भिडियोमा जनरल स्टाफका प्रवक्ताले युक्रेनी सेनाले २०० भन्दा बढी रुसी सैनिकहरूलाई बन्धक बनाएको पनि उल्लेख गरेका छन् ।

अधिकारीले १९८ रुसी ट्याङ्क, २९ विमान, ८४६ बख्तरबंद गाडी र २९ वटा हेलिकप्टर पनि ध्वस्त भएको दाबी गरेका छन् ।

मस्कोका अधिकारीहरूले भने रूसी सैनिकहरू मारिएको दावी गलत भएको बताएका छन् ।

उता संयुक्त राष्ट्रसंघले भने युक्रेनमा १३ बालबालिका सहित १३६ नागरिकको मृत्यु भएको जनाएको छ ।

‘रुसले आक्रमण सुरु गरेपछि १३ बालबालिकासहित कम्तीमा १३६ सर्वसाधारणको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्’, संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालय (ओएचसीएचआर) ले भनेको छ ।


प्रकाशित | १७ फाल्गुन २०७८, मंगलवार १५:३२