गैर आवासीय नेपाली संघमा रुपान्तरण आवश्यक छ : रामप्रताप थापा, संरक्षक

काठमाडौं । गैर आवासीय नेपाली संघका संस्थापक तथा संरक्षक रामप्रताप थापाले संघलाई समय सापेक्ष रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ । संरक्षक थापाले संस्था स्थापना हुँदाको उद्देश्य तलमाथि नपर्ने गरी समय सापेक्ष रुपान्तरणको खाँचो औल्याउनुभएको हो । विश्व सन्देशसँगको कुराकानीमा थापाले संस्थामा ब्यापक सुधारको खाँचो रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

‘संसारभरिका सम्पूर्ण एनआरएनलाई नेपाल र नेपालीको सम्मृद्धीमा संलग्न गराउन तथा नेपाल सरकारबाट पनि सबै सहयोग प्राप्त गर्नको लागि संघले रुपान्तरणको आवश्यकता महसुस गरेको हो’, संरक्षक थापाले भन्नुभयो, ‘एनआरनएलाई देशले चाहेको अनुसार सफल बनाउन र सम्मृद्धिमा संलग्न गराउन तथा हौसला बढाउनको लागि रुपान्तरण आवश्यक छ । त्यसको लागि दुवै पक्षको भूमीका उतीनै महत्वपूर्ण रहन्छ । त्यसैले काभिडको ठूलो समस्या भए पनि एनआरएनको तर्फबाट ब्यक्त अविलास र प्रतिब्द्धता पूरा गर्न एनआरएन सफल हुन्छ ।’

‘संस्था स्थापनाको १८ वर्षमा संस्थाले चिताएको भन्दा पनि तीब्र ढंगले अगाडि बढे पनि अझै धेरै सुधारको खाँचो महसुस गरिएको छ’, थापाले भन्नुभयो, ‘संघका अध्यक्ष कुमार पन्तले सुधारसहित ल्याउनुभएको प्रस्ताव भर्खरै सम्पन्न विशेष महाधिवेशनले पारित गरेअनुसार कार्यान्वयनमा जानुपर्छ ।’ संरक्षक थापाले संघलाई विश्वब्यापी बनाउँदै विश्वासीलो बनाउन पनि आवश्यक रहेको बताउनुभयो ।

‘एनआरएन फाउन्डेसनको स्थापना र चाहेको जस्तो संघको संरचना फेरबदल तथा वृहत्त लगानीको स्थापना गर्न सकेको खण्डमा गत २०१९ मा दोहोरिएको जस्तो हविगत संघमा दोहोरिने छैन र हामीले चाहेको जस्तै सबैलाई मान्य हुने रुपान्तरण गर्न सकिन्छ भन्ने विश्वास ब्यक्त गर्न चाहान्छु’, थापाले थप्दै भन्नुभयो ।

वर्तमान कोभिड- १९ को कारण एनआरएनको काममा अवरोध आएको भएता पनि आवश्यकताअनुसार विश्वब्यापी महामारीमा संघले खेलेको भूमीका र योगदानको प्रशंसा गर्नुहुुँदै थापाले कोभिडमा संघको आवश्यकता र महत्व झनै बढेर गएको उल्लेख गर्नुभयो । ‘यसरी एनआरएनएको सामाजीक र सहयोग क्षेत्रमा नेपाल र नेपालीप्रती भूमीका अपरिहार्य भएको छ’, थापाले भन्नुभयो ।

संकटको बेलामा एनआरएनएले खेलेको भूमीकालाई लिएर नेपाल सरकारदेखि अन्तराष्टिय संघसंस्थाले पनि विश्वास गर्ने वातावरण बनेकोमा खुसी समेत ब्यक्त गर्नुभयो । साथै प्रवासमा नेपाल सरकारको प्रतिनिधिको रुपमा संघले भूमीका खेलेको उहाँले बताउनुभयो ।

त्यस्तै, संरक्षक थापाले गैर आवासीय नेपालीको नागरिकताको लागि अझै दबाबको आवश्यकता रहेको बताउनुभयो । संविधानमा आर्थिक, सामाजीक र साँस्कृतिक अधिकारको ग्यारेन्टी गरिएपनि ऐन बन्ने चरणमा रहेको भन्दै संसद विघटन भएको वर्तमान अवस्थामा गैर आवासीय नेपाली नागरिकताको सवालमा केहि ढिला हुने संकेत देखिएको बताउनुभयो । नेपालका राजनीतिक दल तथा प्रशासकहरुले गैर आवासीय नेपालीको लागि अधिकारमा कुनै कन्जुँसाई नगर्ने भनेपनि ब्यवहारत अझै लागू हुन नसकेकाले ऐन निर्माणमा आफूहरु निकै चलाखोका साथ लागिपरिरहेको बताउनुभयो ।

‘संविधानले प्रदान गरेको गैर आवासीय नेपाली नागरिकता वर्षौ हुँदा पनि पाउँननसक्दा एनआरएनमा अन्यौलता छाएको देखिन्छ । त्यस्तै, शूरुदेखि नै नागरिकता निरन्तरता कार्यदलको जिम्मेवारी मैले लिएर सबै काम सकिसक्दा पनि अझै नपाउदा अन्यौलता छाएको देखिन्छ’, थापाले भन्नुभयो, ‘एनआरएन ऐन पहिलो पटक संशोधन हुँदैछ, यो जतिसक्दो लागू भएमा एनआरएनको दोस्रो तेस्रो पुस्तालाई पनि बढी हौसल्ला बढ्ने थियो र अग्रजहरुको मातृभूमीमा ढुक्क भएर लाग्न सहयोग पुग्ने थियो ।’

गैर आवासीय नेपाली नागरिकता निरन्तरता कार्यदलका सल्लाहकार समेत रहनुभएको थापाले गैर आवासीय नेपाली नागकिता प्राप्ति नभएसम्म र यसको कार्यान्वयन नभएसम्म निरन्तर दबाब दिइरहनुपर्ने पनि बताउनुभयो । त्यस्तै , एनआरएनको विविध स्रोतहरु ज्ञान, सिप र दक्षतालाई उपयोग गरेर एनआरएनएले नेपाल सरकारलाई दिएको श्वेतपत्र जतिसक्दो कार्यान्वयनमा ल्याउनुपर्नेमा पनि जोड दिनुभयो ।


प्रकाशित | २३ माघ २०७७, शुक्रबार १४:२५