एनआरएनए युगान्डाको आइसिसी सदस्यमा राजमणि भण्डारी निर्विरोध निर्वाचीत

युगाण्डा : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए) युगाण्डाका आइसिसि सदस्यमा राजमणि भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ । नौ वर्षदेखी सपरिवार युगाण्डामा रहेर व्यवसाय समेत गर्दै आएका व्यवसायी भण्डारी एनआरएनए युगाण्डाका पूर्वअध्यक्ष समेत हुनुहुन्छ । युगाण्डाको जिन्जा भन्ने सहरमा leoz restaurant & Bar संचालन गर्दै आउनुभएको भण्डारीले उक्त रेष्टुरेण्टमार्फत् अफ्रिकन तथा अन्य देशका नागरिकबीच नेपाली खानाको प्रवद्र्धन समेत गर्नुभएको छ ।


प्रकाशित | १७ भाद्र २०७६, मंगलवार १३:३३