यूकेमा एनआरएनको ‘केन्ट काउन्टी परिषद्’ गठन

लन्डन – गैर आवासिय नेपाली संघ (एनआरएन) यूकेले रुद्र बहादुर थापाको नेतृत्वमा ‘केन्ट काउन्टी परिषद्’ गठन गरेको छ । एनआरएनको एक भेलाले थापाको नेतृत्वमा ‘केन्ट काउन्टी परिषद’ गठन गरेको हो । त्यस्तै, रूद्र बहादुर थापा संयोजक रहेको काउन्टी परिषदको समितिको सचिवमा होम गुरूंग र सदस्यहरूमा क्रमश जितेन्द्र चेम्जोगं, ईन्दिरा थापा, चित्र सुनुवार, जनक राई, सूर्य तामांग, चन्द्र गुरूंग चयन हुनु भएको छ । केन्ट काउन्टी अन्तर्गत मेडस्टोन, क्यान्टवरी, फक्स्टोन, डार्डफोर्ड र आसफोर्ड समेटिएको छ ।

भेला एनआरएन युकेको राष्ट्रिय समन्वय परिषदका अध्यक्ष योग कुमार फगामीको प्रमुख आतिथ्यतामा भएको थियो । एनआरएन युकेको विधान २०१७ को परिच्छेद  ९ख  को धारा ३०/९ मा काउन्टी शाखाहरू गठन हुने ब्यवस्था रहेको र युकेको नर्दन आयरल्याड, स्कटल्याण्ड र वेल्समा राज्य समन्वय समिति गठन भएको र राज्य समन्वय परिषद अन्तर्गत काउन्टी शाखाहरू बनाउने ब्यवस्था गरिएको अध्यक्ष फगामीले जानकारी गराउनुभयो ।

नेपाल सरकारको नियमावली २०६४ र ऐन २०६६ को परिभाषाले २ बर्ष बढि नेपाल बाहिर रहेका सम्पूर्ण नेपाली एनआरएन भनिएकोले भूतपूर्व स्वत एनआरएन भएकोले दुविधा हुनु नहुने विचार अध्यक्ष फगामीले ब्यक्त गर्नुभयो । पूर्व महासचिव विजय विक्रम लिंगदेनले एनआरएन युके जनताको तह सम्म पुग्न काउन्टी तहमा ब्यापक विस्तार गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो भने सल्लाहकार सिरीप्रसाद लिम्बुले विधानमा ब्यवस्था भएबमोजिम काउन्टी शाखाहरू प्रभावकारी ढंगबाट निर्माण हुन नसक्नु दुखद कुरा भएको बताउनुभयो ।

एनआरएन युकेका प्रवक्ता रमेश सारांकोटीले नव निर्वाचित पदाधिकारीहरूलाई सफथ खुवाउनु भएको थियो । कार्यक्रम सगरमाथा गोर्खा नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष पपीराज राईको अध्यक्षता र एनआरएन अन्तर्राट्रिय परिषदका पूर्व सदस्य विश्वास दीप तिगेलाले मध्यस्यथताको भूमिका निर्वाह गर्नुभएको थियो ।


प्रकाशित | १० चैत्र २०७५, आईतवार १५:४५