एनआरएनए आइसिसी सह-कोषाध्यक्षमा गोविन्द प्रसाद गौतमको उम्मेदवारी घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघको आइसिसी सहकोषाध्यक्षमा रसियाबाट गोविन्द  प्रसाद गौतमले उम्मेदवारी घोषणा गर्नुभएको छ । गैर आवासीय नेपाली संघ भाषा साहित्य उपसमितिका संयोजक समेत रहनु भएको गौतमले गैरआवासीय नेपाली संघ म्यासाचुटेस शाखा (बोस्टन) ले शनिबार नमस्ते रेस्टुरेन्टमा आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रमका बीच आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

आदरणीय अन्त्यन्त विवेकशील र चेतनशील गैर आवासीय नेपाली साथीहरु,

गैर आवासीय नेपाली संघ म्यासाचुटेस शाखा बोस्टनले हिजो साँझ नमस्ते रेस्टुरेन्टमा आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा मैले आगामी अक्टोबरमा हुने गैर आवासीय नेपाली संघको निर्वाचनमा केन्द्रीय सह( कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे। सदा झै यहाहरुको सहयोग, समर्थन र सुझावको अपेक्षा राख्दै गैर आवासीय नेपाली संघ भन्ने संस्था आम गैर आवासीयहरुको आफ्नै संस्था र यो संस्थामा निरन्तर समर्पित भएर लागि परे जस्ता सुकै चुनौतीको सामना गरि अगाडि बढ्न सकिन्छ भन्ने बिश्वासका साथ मेरा कार्य योजनाहरु निकट भविष्यमा यहाँहरु माझ राख्ने प्रण गर्दै मैले यो उम्मेदवारीको घोषणा गरेको छु।

गोविन्द  प्रसाद गौतम, उम्मेदवार, 

एनआरएनए आइसिसी सह-कोषाध्यक्ष


प्रकाशित | १६ भाद्र २०७६, सोमबार १२:१६