भीरबाट लडेर एक जनाको मृत्यु

उदयपुर: जिल्लाको कटारी नगरपालिका १० थुम्की भीरबाट लडेर एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा हलेसी तुवाचुङ नगरपालिका २ घर भएका ७९ वर्षीय नरबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । भीरबाट लडेर ज्यान गएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १०:४५