मातृभूमि क्रिकेट कप : अग्रीम टिकट लिइसकेकाले प्रतियोगीता हेर्न मिल्ने

काठमाडौं : मौसमको खराबीको कारण पछी सारिएको मातृभूमि क्रिकेट कपमा अग्रीम टिकट लिइसकेकाले पनि प्रतियोगिता हेर्न पाउने भएका छन् । प्रतियोगिता यही चैत्र ३० गते सारिएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले आयोजना गरेको यस प्रतियोगीता चैत २३ गते हुने भनिएता पनि मौसमको खराबीको कारण पछी सारिएको हो ।

२३ गतेको लागी अग्रीम टिकट बिक्री भैसकेको र सोही टिकटले ३० गते हुने प्रतियोगीता हेर्न मिल्ने धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलाले जानकारी गराउनुभएको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ सो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगतामा क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेलको आयोजना हुँदैछ। क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नुहुनेछ भने कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवं
श आचार्यले गर्नुहुनेछ ।

खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई छुट्याउने समेत बताइएको छ । कलाकारहरुको तर्फबाट अभिनेता निर शाह, सुनिल थापा लगायत सलिनमान बाँनिया, पल शाह आदी कलाकारले खेल्नुहुने भएको छ ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार १०:२०