एनआरएनए डेनमार्कको अध्यक्षमा रवीन्द्र खडका निर्वाचीत

डेनमार्क : गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको अध्यक्षमा रवीन्द्र खडका निर्वाचीत हुनुभएको छ । लामो समयदेखि डेनमार्कमा बस्दै आउनुभएको खडका अध्यक्षमा निर्वाचीत हुनुभएको हो । आइसिसी सदस्यमा रमेश काफ्ले निर्वाचीत हुनुभएको छ ।

त्यस्तै, डेनमार्कको उपाध्यक्षमा दिपक राज रिजाल र इन्द्र पनेरु, महिला उपाध्यक्षमा अन्जु पराजुली, महासचिवमा शैलेन्द्र अधिकारी, सचिवमा महेश सिह खत्री, कोषाध्यक्षमा रविन काजी श्रेष्ठ, महिला प्रतिनिधीमा शोभा न्यौपाने, युवा प्रतिनिधिमा शशि श्रेष्ठ निर्वाचीत हुनुभएको छ ।
त्यस्तैगरि, सदस्यहरुमा प्रकाश श्रेष्ठ, दिप शर्मा, लक्ष्मण कँडेल, नारायण वस्याल र सुनिल आचार्य, महिला सदस्यहरुमा सकुन्तला सुनाम परियार र पुष्पा खडका बुढाथोकी निर्वाचीत हुनुभएको छ ।


प्रकाशित | १५ भाद्र २०७६, आईतवार १३:२४